ताजा अपडेट »

सिंहदबारमा सर्वदलीय बैठक सुरु, गएनन् ‌ओली

आइतबार, ०३ भदौ २०८०, १३ : ३६
75 Shares
आइतबार, ०३ भदौ २०८०
75 Shares

काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आइतवार दिउँसो छलफल सुरु भएको हो ।

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न बैठक बोलाइएको हाे । संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्। तर बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।