गुल्मी । शनिबार बिहान करिव ५ बजेको समयमा गुल्मीको मुसिकोट नगरपालिका -१ का वडाध्यक्ष मोहन घिमिरेले आफ्नो फेशबुकमा यस्तो स्टाटस पोष्ट गरे । 'परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।'
त्यसपछी सनसनी फैलियो । धेरैले पत्याउनै सकेन्न । स्टाटस पढ्ने जतिले फोन हान्न थाले पछि थाह भो उनी आफ्नो घरदेखि तल करिब आधा घण्टाको पैदल दुरीमा रुखमा झुण्डिएको अबस्थामा मृत फेला परे भन्ने कुरा । हामीले पनि पत्याउनै सकेनौ तर धेरैले कमेन्टमा श्रद्धाञ्जली लेख्दै शोक प्रकट गरे पछि जिल्ला प्रहरी प्रमुख नवीन किशोर प्रधानलाई फोन गर्दा घिमिरे त्यो अबस्थामा मृत फेला परेको पुष्टि गरे ।
त्यसपछि त्यस नगर उप्रमुख गङ्गा श्रेष्ठसँग सङ बुझ्दा गए राती २ बजेसम्म घिमिरे थामडाडामा रहेका भिनाजु चुरामाणी पैयानीको घरमा बसेको भन्ने जानकारी आयो । थामडाडा स्थित सरस्वती माबिका प्राध्यापक रुमाकान्त खरेल सँग बुझ्दा वडाध्यक्ष घिमिरे भिनाजुको घरमा राती २ बजेसम्म बसेको बताए । हरिशंकर केसीले पसलदेखीको चौरमा करिब ९/ १० बजेसम्म बसेको र त्यस पछि आफू घर तिर हिडेको र उनी भिनाजुकै घरमा बसेको बताए । सहदोर दिदिको भिनाजु पैयानीको पसलमा घिमिरे बेला बेला बस्न जाने गरेको बताइन्छ ।
पैयानीको घर भन्दा अलि माथी केसिको घर छ । अन्दाजी ४० वर्ष उमेरका घिमिरे मिलानसार तर चित्त नबुझेको बिषयमा कडा स्वभावका थिए । उनको स्टाटसमा लेखिए झै हो भने उनी कुन परिस्थितिको चपेटामा परे भन्ने कुरा निकै चासोको बिषय बनेको छ । नगर उपप्रमुख श्रेष्ठका अनुसार पौदिअमराइको मजबाङ्ग झाक्रीका खोर भन्ने स्थानको मोटरबाटो नजिकै दबदबेको रुखमा हातखुट्टा भाचिदा लगाइने पट्टिको पासो लगाई घिमिरे झुण्डिएका छ्न । प्रहरी त्यहाँ पुगेर मुचुल्का उठाउदैछ ।
जो सँग अन्तिम बसाईको त्यो क्षण…..
हामी साउन २१ गते सोही वडाको थामडाडामा बिद्युत अबरुद्ध भएको सम्बन्धमा रिपोर्टिङ गर्न जाँदा वडाध्यक्ष घिमिरेलाई वडा कार्यालयमा भेटेका थियौ । उनले त्यहाँको समाधानका लागि पहल गरे पनि अझै समाधान हुन नसकेकोले मिडियाले जोडले उठाइ दिन अनुरोध गरे पछि थामडाडातिर लाग्यौ ।
हामी फर्केर पौदिअमराईको रेडियो छत्रभुमिमा बसेर त्यहाँको समाचार बनाउदै थियौ । मेरो फोन अफ भएकोले उनले रेडियोमा लिन पठाए । समाचारको काम सकेर बोलाएको ठाउँमा पुग्दा वडाध्यक्ष घिमिरेले दुई वटा लोकल कुखरा कटाउन लगाउदै थिए ।पानी परेको र साझ पनि पर्नै आटेकोले हामी हिड्छौ भन्दै बिदा माग्दा उनले हात समातेर रोक्दै भने यो झरिमा मेरो वडाको रिपोर्टिङ गर्न आउनु भएको तपाईंहरुलाइ यत्ती नास्ता नखुवाइ पठाउछु होला त ?
भर्खर आज यतै बसौ नत्र नास्ता गरेर जानै पर्छ भनेर कर गरे । उनले ती कुखराको एक थरी रस र अर्को थरी भुटुवा बनाउन भने । त्यस बिचमा उनले बाङ्गेको स्कुललाई एउटा भवन पार्ने बिषयमा पहलका लागि सहकार्य गर्न आग्रह गरे । वडाध्यक्ष भएपछि रातमा पनि फोन उठाउनु पर्ने । कोहि बिरामी पर्दा आफुले नै खल्तीबाट पैसा हालेर एम्बुलेन्स भाडा तिर्नु पर्ने लगायतका खटन पटनका कुरा सुनाए ।
त्यति बेला स्वर्गीय समाज सेवि रविलाल थापा र उहाँका स्वर्गीय जेठा छोरा हरिबहादुर थापाले पुराएको योगदानको बारेमा चर्चा पनि भयो । लगत्तै नास्ता आयो । वडाध्यक्ष घिमिरेले आफुले मदिरा पिउन छाडेको ४/५ महिना भएको भन्दै कोक मगाएर मासु चिउरा खाए । साथमा स्थानीय सहित सात आठ जना थियौ।
उनले आफू भोलि बिहान थामडाडाका अगुवाहरु लिएर आउने र विद्युत प्राधिकरण सँगै गएर विद्युत सुचारु गर्न जान आग्रह गरे । अवस्य भन्दै हामी हात मिलाएर राती नै तम्घास फत्किएका थियौ । अर्को दिन रुमाकन्त सर लगायतका समाज सेवि तम्घास आएर हामी प्राधिकरणमा पुगेर वडाध्यक्ष घिमिरे न आए पनि उनले भने झै गरि विद्युत सुचारु भयो । त्यस दिन मिटिङ्ग भएकोले आउन नपाएको उनको भनाई थियो ।
त्यो बसाई र हाँसो ठट्टा नै अन्तिम भयो । उनको त्यो चिन्तन र भाइचार सम्झिदा भावविह्वल बनाएको छ । उनको घरमा बुवा, श्रीमति , १० वर्षिया छोरी रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बिजयी वडाध्यक्ष र सो पार्टीको नगर कार्य समिती सभापती समेत हुन् ।
प्रतिक्रिया