ताजा अपडेट »

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

शनिबार, ०२ भदौ २०८०, ०७ : ४१
24 Shares
शनिबार, ०२ भदौ २०८०
24 Shares

दाङ । दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ । 

आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।