ताजा अपडेट »

अपर तामाकोशीले १८ भदौदेखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?

शुक्रबार, ०१ भदौ २०८०, १० : २०
20 Shares
शुक्रबार, ०१ भदौ २०८०
20 Shares

काठमाडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १: १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । 

उक्त हकप्रद सेयरको लागि यसले साउन २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदको दाबी गर्न पाउनेछन् । यता, असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ । तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनु पर्नेछ । 

 
यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।