बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ । नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।
सोही क्रममा बुधबार प्रचार समितिको बैठक बसि प्रचार-प्रसारबारे छलफल गरेको छ । प्रदेश अध्यक्ष कंडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बिषयमा छलफल गरिएको प्रदेश प्रचार बिभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।
कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन् । प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने प्रदेश अध्यक्ष कंडेलले जानकारी दिए ।
खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको लागि मापदण्ड तय गरिएको उनले बताए ।
प्रतिक्रिया