ताजा अपडेट »

टिकौली जंगलमा भयान दुर्घटना : अक्सफोर्ड कलेजको बससहित ८ सवारी आपसमा ठोक्किए, २० जना घाइते

बुधबार, ३१ साउन २०८०, १५ : २६
64 Shares
बुधबार, ३१ साउन २०८०
64 Shares

बुटवल । चितवनको टिकौली जंगलमा आज विहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका-९, टिकौली जंगलमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६-००१ प ९९८१, बा.प्र. ०३-००५ प ९७, ना ६ २ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैडाकोट नगरपालिका-९ बस्ने वर्ष २६ का आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

घाइतेहरु मध्ये चितवन खैरहनी नगरपालिका-४ अन्दाजी ६०/६५ वर्षीय कृष्ण बहादुर तामाङ, रत्ननगर नगरपालिका-१४ बस्ने अन्दाजी ५५ वर्षका कुसुम बहादुर राना, अन्दाजी ३८ वर्षीय सुरेश श्रेष्ठ, सोही वडाका अन्दाजी ५५ वर्षका डोलबहादुर कार्की, ४१ वर्षीय पुरन लामा, ५५ वर्षीय बुद्धिराम तामाङ गम्भिर घाइते भएका छन् । यसैगरी रत्ननगर नगरपालिका-९ का ३५ वर्षीय किशोर तामाङ, वडा नम्बर १६ का रेशम पोखरेल तथा मकवानपुरको हेटौडा उपमहानगर-१४ का ६५ वर्षीय महोन तामाङ गम्भिर घाइते भएका छन् । अन्य घाइतेहरुमा काठमाडौं गोकण-४ की ४८ वर्षीया तारा श्रेष्ठ, चितवन रत्ननगर-१६ बस्ने बर्ष ४७ को दिल बहादुर घिसिङ रहेका छन् उनीहरुको गम्भिर घाइते भएकाहरुसँगै भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।

नँया मेडीकल कलेज भरतपुरमा अन्य घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुमा
बलेरो गाडीमा सवार नवलपुर गैडाकोट नगरपालिका-८ बस्ने बर्ष ५१ को लोकराज लामा, बा. प्र. ०३-००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक चितवन रत्ननगर-१४ बस्ने बर्ष ३३ को शंकर परियार, सोहि मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय दिबेश शाक्य, बलेरो गाडीमा सवार चितवन रत्ननगर-१४ बस्ने बर्ष ५० को आईतराम कामि, रत्ननगर-३ बस्ने बर्ष ४४ को गोपाल तामाङ, रत्ननगर-१४ बस्ने वर्ष २६ को पुष्प तामाङ बर्ष ३८ को कृष्ण लामा र रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।