ताजा अपडेट »

१० औं महाविधेशनपछि टुटेका ओली-रावल पुनः सम्वादमा : पार्टीकार्यालयमा भयो भेटवार्ता

मंगलबार, ३० साउन २०८०, १७ : ४३
63 Shares
मंगलबार, ३० साउन २०८०
63 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गरेका हुन्। चितवनमा भएको १० औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता च्यासल पुगेका थिएनन्।

आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले उनलाई एमालेबाट किनारा लाउन खोजेका थिए।
२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए। तर, उनलाई ओलीले कुनै भूमिका दिएका थिएनन्। गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको जिम्मेवारी पाउने अनुमान गरिएको छ।

ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन्। आफ्ना कटु आलोचक रावलसँग ओलीको यो संवादलाई एमालेवृत्तमा सकारात्मक सन्देशको रुपमा चर्चा गर्न थालिएको छ। दशौँ महाधिवेशनपछि पार्टी केन्द्रमा निष्क्रिय पूर्वउपाध्यक्ष रावललाई जिम्मेवारी दिने कुरामा लामो समय ओलीले आनाकानी गरेका थिए।

ओलीसहित पार्टी नेतृत्वविरुद्ध तिखो आलोचना गरिरहेका उनी त्यहीकारण आफू निशानामा परेको महसुस गरिरहेहा थिए। यसअघि रावलको भूमिका पक्का गर्न एमालेले वार्ता टोली पनि बनाएको थियो। ३ वैशाखमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग छलफल गरेको थियो।

दुई पक्षबीच संवाद भएयता पहिलो पटक मंगलबार ‌‌ओलीले उनलाई च्यासल बोलाएका हुन्। यसअघिसम्म रावलले आफूलाई छलफलका लागि नबोलाएको बताएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।