ताजा अपडेट »

पश्चिम नवलपरासीमा जङ्गली च्याउ खाएर एकै परिवारका ३ बालबालिका बिरामी

मंगलबार, ३० साउन २०८०, १० : २९
16 Shares
मंगलबार, ३० साउन २०८०
16 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा एकै परिवारका ४ जना बालबालिका जङ्गली च्याउ खाएर बिरामी परेका छन् । मंगलबार आज विहान बर्दघाट नगरपालिका–१४ को आवास टोलमा बस्ने बर्मा लोहारको १३ वर्षीय छोरा किसन लोहा र छोरीहरु १५ वर्षीया अनुपमा, ११ वर्षकी आचल र ९ वर्षकी अनु बिरामी भएका हुन् ।

उनिहरुको उपचार शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा भईरहेको तथा बालबालिकाहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलिले अनुसन्धान गरिरहेको बताइएको छ । उनीहरुले कुन प्रजातिको च्याउ सेवन गरेका हुन भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।