ताजा अपडेट »

ब्रेक सु बाट निकालिएको सुन आज गालिँदै

मंगलबार, ३० साउन २०८०, ०८ : ००
94 Shares
मंगलबार, ३० साउन २०८०
94 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन आज गालिदैछ । राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो जसलाई सोमबार ब्रेक सुबाट निकालेर हिजो जोखिएको थियो ।

एक क्विन्टल बढी सुन भएको अनुमान गरिएको भए पनि जोख्दा भने ६० किलो हाराहारी मात्र भएको बताइएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो । ब्रेक सु बाट छुट्याइएको सुन आज बिहान साढे १० बजे तीनै निकायको उपस्थितिमा गालिने महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनका लागि सीआईबीलाई जिम्मा लगाएको छ । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा सुन प्रकरणको अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।