ताजा अपडेट »

काठमाडौं महानगरमा २ हजार ३२२ विद्यार्थीले कक्षा ११ मा नि:शुल्क पढ्न पाउने

सोमबार, २९ साउन २०८०, १७ : ३४
106 Shares
सोमबार, २९ साउन २०८०
106 Shares

बुटवल । काठमाडौं महानगरले छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउने विद्यार्थीहरुको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि आवेदन जारी गर्दै यही साउन २० गते छनोट परीक्षा सञ्चालन गरेको थियो । उक्त छनोट कार्यक्रममा विभिन्न संकायका गरी २ हजार ३२२ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको मेयर बालेन शाहले जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत छनोट भएका विद्यार्थीहरुलाई बधाई दिँदै मेयर बालेन शाहले छात्रवृत्तिको नतिजा बारे जानकारी गराएका हुन् ।

महानगरले न्युनतम १० प्रतिशत छात्रवृत्ति कोटा उपलब्ध गराउनका लागि नीजि विद्यालयहरुसँग विवरण माग गरेको थियो । सोही विवरण र कोटाका आधारमा विद्यार्थीलाई छनोट गरी भर्ना हुन आह्वान गरिएको हो । निजी विद्यालयहरुमा उपलब्ध गराइने छात्रवृत्ति कार्यक्रम पादर्शी नभएको गुनासोलाई समाधान गर्न महानगरले विवरण माग गरी आफै विद्यार्थी छनोट गरी विद्यालयहरुमा पठाएको हो ।

मेयर बालेनका अनुसार परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची अनुसार विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना विद्यार्थीले छात्रवृत्ति कोटामा भर्ना हुन पाउने भएका छन् । यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइने उनले बताए । साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु शिफारिस गरिएको छ । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नम्बर, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नम्बर, श्रेणी, प्राथमिकता आदेश समावेश गरिएको मेयर शाहले जानकारी गराएका छन् ।

यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ । यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कूल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत÷निजी) सम्बन्धी विवरण राखिएको उनले बताएका छन् ।

पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ जानकारी गराउँदै मेयर बालेनले यसपछि भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गरिने उल्लेख गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।