काठमाडौँ । नवनियुक्त मन्त्री अनिता देवी शाहले शपथ लिएकी छन् । राष्ट्रपति निवास शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त मन्त्री शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
उक्त अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । शाहको शपथसँगै सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सामेल भएको छ। मन्त्री शाहलाई संघीय तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने पनि जनाइए पनि निर्णय भने भइनसकेको जनाइएको छ ।
जनमतको सरकारमा प्रवेशसँगै मन्त्रालय हेरफेरको सम्भावना पनि रहेको छ। तर जनमतले भने सामान्य प्रशासन मन्त्रालय नै मागेको छ ।
प्रतिक्रिया