ताजा अपडेट »

श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ...’

आइतबार, २८ साउन २०८०, १९ : ५४
94 Shares
आइतबार, २८ साउन २०८०
94 Shares

बुटवल । सामाजिक सञ्जालमा भाइरल प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ...’बोलको गीत सार्वजनिक गरिएको हो । 

यो गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ ।श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् ।दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ । भिडियो गीतका प्रस्तुतकर्ता श्रीधरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ । 

https://youtu.be/dxD45OwJN8s
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।