गुल्मी । ।गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिम गुल्मीतिर जाँदा र उताबाट गाडीमा यता आउँदा सेउवा भेगबाट नजर जान्छ एउटा दृश्यमा । जुन दृश्य देखे पछि यात्रुहरुमा चर्चा सुरु हुन्छ । भन्छ्न् होईन त्यहाँ त अँस्तीसम्म घनघोर जंगल थियो कसले फाँडेर ठुलै खेतका गह्रा जस्तो बनायो हय ?
ती मध्येका बुढा पाकाहरु भन्छ्न् उहिले उहिले त्यहाँ खेतैखेत थियो । प्रशस्तै धान गहुँ स्यार्थे अर्खलेका मान्छेहरुले । हो २०४० को दशकसम्म साविक अर्खले गाविस र हाल रेसुङ्गा नगरपालिका ४ को रैदीखोला माथिको सिङ्गो पाखोभर खेत र बारी थियो । त्यस यता गत बैशाख महिना अघिसम्म अर्थात झण्डै ४० वर्षसम्म त्यस्तो उर्वरभुमी खेतबारी बाँझिदै घनाघोर जंगल बन्न पुगेको थियो ।
तर बैशाख महिना यता कृषि ज्ञान केन्द्रको आर्थिक र प्राविधिक सहयोग लिएर रेसुङ्गा नगरपालिकाले चक्दाबन्दी गरिदिए पछि त्यो भुमि अहिले खेती योग्य बन्न पुगेको छ। जहाँ सुन्तला र कागती रोपण गरेका छन्, त्यहाँका ३२ घरधुरीले । त्यस चक्लाबन्दी कार्यक्रम निर्माण समितिका अध्यक्ष चोलराज शर्माका अनुसार २०४० सालसम्म तल्लो भेगमा खेत थियो । माथिल्लो भेगमा बारी थियो ।
माथिल्लो भेगमा करिव १४ वर्ष अघिसम्म खेतीपाती गर्दथे । तर जब बाँदर आतंक बढदै गए पछि झण्डै डेढ सय रोपनी उर्वरभुमि झाडीमा परिणत हुन सुरु गरेको हो। त्यस वडाका वडाध्यक्ष लिलाधर आचार्यको खेत पनि झाडीमा परिणत भएको थियो । वडाध्यक्ष आचार्यले त्यस बाँझीएको भुमीलाई चक्लाबन्दी गराउन अगुवाई गरे ।
उनको मागलाई नगर प्रमुख खिलध्वज पन्थी र कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले सम्बोधन गरी दिए । अन्ततः गत ४० वर्षदेखि बाँझीएको जमिनलाई खेती योग्य त्यो पनि दिनहुँ दुख गर्न नपर्ने सुन्तला र कागती खेती रोपण गरिए पछि स्थानीयबासीन्दा हर्षित भएका छन् ।
गत आर्थिक वर्षमा त्यस वडा कार्यालयबाट १ लाख र कृषि ज्ञान केन्द्रबाट १० लाख ८४ हजार २४ रुपैयाँमा सम्पन्न चक्लाबन्दी गरी सुन्तला र कागती रोपण कार्यक्रमको हिसाव किताव शनिवार नगर प्रमुख खिलध्वज पन्थीको प्रमु्ख आतिथ्यतामा सार्वाजानिक गरिएको छ । हिसाव किताव सार्वजनिक गदै समितिका अध्यक्ष चोलराज शर्माले भने ‘गत ४० बर्ष अघि देखि बाझिएको हाम्रो जमिनमा अहेले आएर उत्पादित भुमी बनाउन पाउँदा हामी सबै खुशी छौँ र कृषि ज्ञान केन्द्र र रेसुङ्गा नगरपालिका प्रती आभारी छौँ।’
कृषि ज्ञान केन्द्र र नगरपालिका प्रति त्यहाँ स्थित कृषि बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कृष्ण पाडेले धन्यवाद दिँदै भने हाम्रो सहकारी पनि चक्लाबदी कार्यक्रम सँग जोडिन पाएको छ र आगामि दिनमा यसलाई दिगो र प्रभावकारी बनाउन जुट्ने छ ।१३० रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरी १३ सय बोट कागती र २५ सय बोट सुन्तलाका वेर्ना रोपण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
वडाध्यक्ष लिलाधर आचार्यले आफ्नो माग सुनुवाई गरेको प्रति नगर प्रमुख पन्थी र कृषि ज्ञान केन्द्र प्रमुख भण्डारी प्रति कृतज्ञता व्यक्त गरे । तिन बर्ष देखि फल्न सुरु गर्ने र पाँच बर्ष पछि आम्दानी दिने बताईएको छ । जिल्लाभर दशौँ हजार हेक्टर जमिन बाँझीदै गएकोमा आफु जिल्लाबासी भएकोले चक्लाबन्दी कार्यक्रमको अवधरणालाई तिब्रता दिने प्रयास गरेको ज्ञान केन्द्र प्रम्ख भण्डारीले बताए ।
उक्त भुमी सबै घरधुरीलाई भरपर्दो आम्दानीको श्रोत दिने कार्यमा आफुले हर सहयोग गर्ने नगर प्रमुख पन्थीले आश्वस्त पारेका थियो । ‘यस वडाका वडाध्यक्षजि आफुले भनेको कुरा पुराएरै छाड्ने र दवाव दिइरह्ने स्वभावका हुनुहुन्छ । त्यसैले उहाँलाई लिएर कृषि ज्ञान केन्द्रमा गए र प्रमुख नवराजले उहाँको माग पूरा गराएरै छाड्नु भो , धन्यबाद । मेरो कार्यकाल भित्रै यो थलोलाइ नमुना बनाउने गरि लाग्ने छौँ ।’– उनले भने ।
कृषि ज्ञान केन्द्र प्रमुख भण्डारीको आएदेखि जिल्लाका अधिकांश पालिकामा बाँझीएका जमिनमा चक्लाबन्दी गरि सुन्तलाजन्य , अन्य जडिबुटी, तरकारी खेती सु्रु गराएका छन । साथमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , कार्यान्वयन ईकाई गुल्मीकी प्रमुख गंगा पोखरेलको कार्यकालमा पनि थुप्रै पालिका चक्लाबन्दी कार्यक्रम सञ्चालन भएको छ । बाँझो जमिनलाई सबै भन्दा बढि चक्लाबन्दी धुर्कोट गाउँपालिकाले गरेको छ ।
यी दुई सरकारी निकायले पछिल्लो तिन वर्षमा ११ सय रोपनी भन्दा बढि क्षेत्रफलमा चक्लाबन्दी गरेर धमाधम कागती , सुन्तला लगायतका कृषकलाई कम परिश्रम गरी राम्रो आम्दानी लिने खेत सुरु भए पछि कृषि क्रान्तिको झल्को दिन थालेको जनप्रतिनिधीहरुको भनाई छ । धुर्कोट गाउँपालिका पछि सुन्तलामा कहलाएको चक्लाबन्दी गरिएको स्थान अर्खले आसपास हो । जहाँ कागती उत्पादनमा पनि अर्खले कहलाएको थलो हो ।
प्रतिक्रिया