स्कुल तहमा परिवर्तन गरिएको भनिएको पाठ्यक्रमको बारेमायसको विकासक्रमदेखि नै विवादका स्वरूपहरू प्रकट हुँदै आएका छन् । त्यसोत पाठ्यक्रमहरूअपेक्षाकृत सीपमूलक र परिणाममुखी नहुँदा पढाइ–सिकाई नबनेको र पढाई–सिकाई र सीपमा रूपान्तरण हुन नसकेको यथार्थ हो । तर,साङ्गोपाङे खोतल्दै जाँदा हाम्रा पाठ्यवस्तुभन्दा बढी तिनीहरूलाई पस्किने र निसृत गर्ने पद्धति–प्रक्रियामा समस्या रहेको छ । पाठ्यक्रमहरूको परिमार्जन राष्ट्रिय आवश्यकता बोधभन्दा बढी अन्तर्राष्ट्रिय अनुदान प्राप्तिको निम्ति उच्च अंक देखाउने हेतुले भैदिँदा हाम्रा पाठ्यक्रम परिमार्जनहरू देशको आधारभूत समस्यासँग जोडिएनन्।
यसरी क्षणिक देखावटीपनको कृत्रिम उपलब्धी नै नगद मानेर हाम्रा सरोकारवाला निकायहरू चल्दा भएको परिणाम आज हाम्रो हातमा छ । तितो यथार्थता केहो भने हाम्रो आवश्यकता के हो, हामीलाई निश्चित समय १ वर्ष, ५ वर्ष, १० आदिको निम्ति प्राविधिक वा अप्राविधिक कस्तो, कुन स्तरको जनशक्ति कति आवश्यक हो यसको समग्र स्वरूप आँकलन गर्र्ने काम न शिक्षा मन्त्रालय, नत योजना आयोग वा न अन्य सरोकारवाला निकायहरूले गरे न गर्न खोजि रहेछन् । तसर्थ हाम्रा शैक्षिक संस्था, स्वीकृतिप्राप्त स्कुल वा विश्वविद्यालय स्तरीय कार्यक्रम स्वतस्फूर्त रूपमा विना योजना विकास भएका शहर जस्ता छन् । असंगठित, क्रमविहीन र भद्रगोल । यस बीचमा भर्खरै चर्चामा रहेको परिमार्जित पाठ्यक्रमको अवतरण गराउन खोजिएको छ ।
व्यापक छलफल र खुला विकल्प सहित कार्यक्रमहरूको क्रम र विषयवस्तु छनौट गरिँदा सायद कसैको पक्ष–विपक्षमा हुँदैनथ्यो होला । थोरै अन्तरक्रिया, धेरै हठधर्मिता, थोरै पारदर्शिता धेरै पूर्वाग्रह, थोरै सहभागिता धेरै घेराबन्दीको बीचमा आउँदै गरेजस्तो लाग्छ यो पाठ्यक्रम । यद्यपी पाठ्यक्रमहरू श्वासत होइनन् र परिवर्तनमूूखी हुन्छन् जहिलेसुकै तर तिनिहरूको क्षणिक कार्यान्वयनले पनिराष्ट्रमा दीर्घकालिन असर छोड्छ । पाठ्यक्रमले मूलतः देशमा आवश्यक जनशक्ति तयार गर्ने दिशामा नै कामगर्ने हो तर आवश्यक जनशक्ति आगामी निकै वर्ष सुदूर भविष्य आँकलनमा समेत आधारित भएर तयार गरिएको हुनु पर्दछ । अर्को महत्वपूर्ण दायित्व यो क्रमानुगत हुनुपर्दछ र माथिल्लो लेभलको पाठ्य संरचना र त्यसको आवश्यकतालाई समेत छुन सक्ने सामथ्र्य बोकेको हुनुपर्दछ ।
अन्य विषयहरूलाई छोडेर कक्षा ११ र १२ को विज्ञान तर्फको पाठ्यक्रमको प्रस्तावलाई हेर्दा माथिउल्लेखित दुवै आवश्यकताको सम्बोधनयसले गर्न सक्दैन । मूलतःविषयको विशिष्टता र विषयहरूको अन्तरसम्बन्धको गहिरो पहिचानविना संरचना गरिएको यो पाठ्यक्रमको अवतरणले गरेको अक्षम्यभूल के हो भने यसले गणितलाई विज्ञान मान्न सकेन । गणितलाई विज्ञानबाट अलग पारेर हेर्ने दृष्टिकोण आफैमा अवैज्ञानिक छ । या त यो गणितप्रति असाध्यै पूर्वाग्रह बोकेका व्यक्तिहरूको बाहुल्यताले काम गरेको हो या यो गणितलाई नै नबुझेका र बुझ्न नचाहेका व्यक्तिहरूको निर्णय हो । त्यसको आधार के हो ? के वास्तवमा गणित कक्षा १० सम्मको ज्ञानले कक्षा ११ र १२ माफिजिक्स वाक्यामेस्ट्री विषयहरूमा आउने गणितीय समस्या र अवधारणगत प्रश्नहरूको हलगर्न पर्याप्त छ ? पटक्कै छैन ।
के गणितको १०० पाठ्यभारको पढाइबिना विश्वविद्यालयमाइन्जिनियरिङ्ग वा आइटीहरूमा भर्ना पाउँदैनभन्ने ज्ञान नराखी वर्तमानको पाठ्यक्रम तयार गरियो ?वा त्यसलाई थाहाहुँदाहुँदै जवर्जस्ती ?कक्षा ११ को जीव र वनस्पति शास्त्रको १०० पूर्णाङ्क नभई विश्वविद्यालयतर्फका B.Sc. Ag वा फरेस्ट्रीजस्ता विषय पढ्न नपाउने थाहाहुँदाहुँदै कक्षा ११ देखि नै विद्यार्थीहरूलाई अवसरबाट वञ्चित गर्ने किन सोचियो ?थाहा नभएर वा थाहा भएरै जवर्जस्ती?विदेशी विश्वविद्यालयमा पढ्न जानचाहने CMAT/GREहरूको परीक्षाहरूमा सोधिने गणितको प्रश्नहरू हटाउन सम्बन्धित निकायसँग कुरा भएको छ ? यो विशिष्टीकृत बनाउने नाममा कक्षा ११ माभएको १६/१७वर्षे विद्यार्थीको निर्णय परिपक्वताको अभावको अवस्थालाई आधार बनाएर गणितप्रति पूर्वाग्रह पूर्ण व्यवहार गरिएको छैन ? विश्वविद्यालयतहमा विज्ञान बाहेक वाणिज्यशास्त्र वा सूचनाप्रविधिवाअन्य क्षेत्रहरूका स्नातक तहका कार्यक्रमहरूका सेमेस्टर प्रणालीका पाठ्यक्रमहरूमा समेत गणित वा गणित¬ तथ्याङ्क शास्त्रहरूलाई मिसाएर अनिवार्य विषयको रूपमाकोर्स तयार गरिएको छ ।
यस्ता कोर्षहरूको अध्ययन गर्न मौजुदा कक्षा ११ को गणितको पाठ्यक्रमले सजिलो बनाएको छ । वास्तवमा विज्ञानतर्फ अध्ययनका लागि गणित विषयअनिवार्य पढ्नुपर्ने हुन्छ । व्यवस्थापन शिक्षा अन्तर्गतकै BCA, BCIS जस्ता कार्यक्रमहरूमा समेत पढ्नुपर्ने गणितको आधार कक्षा ११ को गणितले बनाउने हो । अव यात यी विश्वविद्यालयहरूकै पाठ्यक्रमहरूलाई परिमार्जन गरी गणितरहित बनाउनुपर्ने हुन्छ या विद्यार्थीहरू अप्ठ्यारोमा पर्दछन् । उपरोक्त कुराहरूको गम्भीर विश्लेषण नै नगरी केवल गणित गाह्रो भयो, कक्षा १० मा बढी अनुत्तीर्ण भए र यो विषयलाई हटाउनु पर्दछ भन्ने तर्क गर्नु एकखालको मनोगत कुरामात्रहो । विज्ञान प्रविधिमैत्री शिक्षालाई सरकारले प्राथमिकतामा राख्ने भनिएको सन्दर्भमा गणित विनाको विज्ञान र गणित नभएको प्रविधिको कुरा गरेर पाठ्यक्रम विकासकेन्द्रले दृष्टिकोण विहिनताको पराकाष्ठा नाघेको छ ।
पाठ्यक्रम विकास केन्द्र बाहिर पनि एउटा आंशिक मनोविज्ञान छ त्यसैले गणित गाह्रो छ,विद्यार्थी धेरै फेल हुन्छ, त्यसैले यो हटाउनु पर्दछ भन्दछ । यो अर्को महापूर्वाग्रहहो । कक्षा १० सम्मका गणित बाहेककाविषयहरूको प्रयोगात्मक अङ्क हटाएर हेर्ने हो भने भयावहअवस्था छ त्यहाँ । फेल हुने विषयहरूलाई उपल्लो कक्षामा नराख्ने हो भने सायद गणित मात्रहोइन अन्य विषयहरू पनि थुप्रै पर्लान् । अर्कोतर्क गणित बिना पनि जीवन राम्रोसँग चल्छ भन्ने तर्कपनि छ । हो चल्छ त्यो छुट्टै कुरा हो । यहाँ उठाइएको विषय गणित विनाको विज्ञान र प्रविधि अपार हुन्छ भन्ने हो । गणित र अन्यविषयसँगको यसको अन्तरसम्बन्ध नबुझी एकाङ्गी रूपले निर्णय गरिनु युक्ती सङ्गतहुन सक्दैन भन्ने हो । गणितको विशेष ज्ञान नभई अन्यविषयहरू चल्न सक्छन् तर विज्ञान र प्रविधिको नतिजा र गति गणितविना मापनहुन सक्दैन भन्ने कुरा हो ।
कुरा यो हो किसिकाई जहिले पनि सरलबाट जटिलतातर्फ उन्मूख हुन्छ । तर गणितका सन्दर्भमा यो किन सोचिएनभन्ने हो । गणितको आधार तयार नगरीकन एकै चोटी माथिल्लो तहमा पर्ने गणितीय समस्याहरूलाई कसरी हलगर्न सकिएला?कक्षा १० मा धेरै फेल भए त्यसैले कक्षा ११ मा राख्नु हुँदैनभन्नेतर्क जस्तो हाँस्यास्पद अरु के हुन्छ ? स्वभावैलेकक्षा ११ को गणितको कुरा गर्दा कक्षा ११ को रिजल्ट हेर्नुपर्ने हुन्छ । कक्षा ११ विज्ञानतर्फ सर्वाधिक विद्यार्थी फेल हुने विषय गणित होइन । यदित्यो तर्कलाई आधार मान्ने हो भने गणित बाहेकअन्यविषयलाई हटाउनुप¥यो । जहाँसम्म गणित र भौतिकशास्त्रको कुरा छ यी विषयहरू अन्योन्याश्रित सम्बन्ध राख्ने विषयहुन् । त्यसैले एकको ज्ञान विनाअर्कोको अध्ययन पूरा हुन सक्दैन । तसर्थ गणितगाह्रो भएर वा धेरैफेल भएर नपढ्नुपर्नेबनाएपनि हुन्छ भन्ने विद्वान्हरूलाई मेरो सुझाव के हो भने कम्तीमाकक्षा ११ को रिजल्टको आधारमामात्रै कक्षा ११ को विषयहरूको मापदण्ड तोकौं हावादारी र अतिरञ्जित कुराहरूको पछि नलागौं ।
वास्तविक धरातलमा गएर हेर्ने हो भने कक्षा ११ र १२ को विषय समितिका व्यक्तिहरूले नै यो विषयमा गम्भीर बहस बाहिर गराउनु पर्दथ्यो । विषय समितिका गुरुहरूको गुरुत्वको वजन नपुगेको भए गणितसँग सरोकारवालाको जमात साथमै हुन्थ्यो । तसर्थ पाठ्यक्रम निर्मातालाई यो गम्भीरता बुझाउन नसकेकै मान्नु पर्दछ । तर, अझै पनिपरिमार्जन गर्न सकिन्छ । नेपाल गणित समाज, गणित केन्द्रीय विभागहरू र अन्य विज्ञहरूको सल्लाहलाई समावेश गर्दा पाठ्यक्रमको मर्यादा घट्दैन अपितु बढेरै जान्छ यस निम्ति समेत ध्यान पुगोस् भन्ने अपेक्षा गरिन्छ । जहाँसम्म गणित इतर समुदायकातर्कहरूको कुरा छ त्यसमा पूर्वाग्रहको गन्ध बढी छ किनकि अहिले कक्षा १० भन्दा बढी कक्षा ११ र १२ मा गणित पढ्न पाउने अवसरबाट वञ्चित गरिँदै गरेकानिर्दोष विद्यार्थीहरूको आवाज उठाइएको हो । अमूक विषयको रोजगारीसँगै कसैलाई नजोडौं ।
-(सचिव -नेपाल गणित समाज, प्रदेश नं. ५)
प्रतिक्रिया