बुटवल । बुटवल उपमहानगरपालिका–११ नहरपुरमा अवस्थित नहरपुर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा चेतन थापा मगर निर्विरोध चयन भएका छन् । थापा मगर उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । उनले यस विद्यालयको विव्यस, निर्माण समिति साथै नहरपुर माविको पूर्व विद्यार्थी संगठनको अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।
उनको नेतृत्वमा सदस्यहरु तारा केसी, ईश्वरा क्षेत्री, चन्द्रकला परियार, गीता कुवंर र ताल कुमारी गुरुङ पनि निर्विरोध चयन भएका छन् । त्यसैगरी शिक्षक प्रतिनिधि बलराम न्यौपाने, सदस्य सचिव प्रधानाध्यापक धनिश्वर गौतम र सम्बन्धित वडाका वडाध्यक्ष सदस्य हुने व्यवस्था अनुसार रामचन्द्र क्षेत्री गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन भएको हो । त्यसैगरी नारायण भुसालको संयोजकत्वमा शिक्षक अभिभावक संघ पनि गठन भएको छ । जसको सदस्यहरुमा यम कुमारी आचार्य, कलावती आचार्य, नारायण सारु, सावित्रा विक, तारा नेपाली, शान्ता माया तामाङ कटुवाल, कृष्णा शाही ठकुरी, शिक्षक प्रतिनिधि कमला थापा निर्विरोध चयन भएका छन् । बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमख टीकाराम पन्थीको संयोजकत्वमा भएको अभिभावक भेलाबाट उक्त समिति गठन भएको हो ।
नहरपुर मावि बुटवलमै नेपाली माध्ययममा मात्र अध्यापन गराएर राम्रो नतिजा दिँदै आएको भन्दै बुटवल उपमहानगरपालिकाका शिक्षा, जनसङ्ख्या तथा वित्त महाशाखा प्रमुख मित्रमणी खनालले विद्यालयको प्रशंसा गरे । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको उक्त विद्यालयमा अहिले १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक गौतमले जानकारी दिए । विद्यालयको आफ्नै फुटबल मैदान समेत रहेको छ भने पूर्वाधारको हिसाबले अत्यन्त फड्को मारेको उनले दाबी गरे ।
कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, कार्यपालिका सदस्य यम सुनार, वडा सदस्य नकुल शाही ठकुरी, विव्यस निवर्तमान अध्यक्ष डोर प्रसाद पोख्रेल, सहायक प्रअ युवराज पन्थी, आधारभूत तह संयोजक थिरलाल न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया