ताजा अपडेट »

एमालेले संसदलाई बन्दक बनाउन खोज्योः पुष्पा भुसाल

बुधबार, २४ साउन २०८०, १६ : ३८
34 Shares
बुधबार, २४ साउन २०८०
34 Shares

बुटवल । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनु भएको छ । सुशासन भित्रपर्ने अपराध, प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केहीदिन यता संसद अबरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उनले यस्तो बताएकी हुन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समेत रहनु भएका भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताइन्। साथै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पारिन् । सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको दावी गरिन्। पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणि गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडी बढ्दा पार्टीको हित हुने बताइन्।

पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताइन् । उनले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावन नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।