गुल्मी। गुल्मीबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक कम एक दर्जन केन्द्रिय सदस्यमा मनोनयन भएका छ्न् । आर्थात एउटै जिल्ला गुल्मीबाट नेविसंघ केन्द्रिय सदस्यमा ११ मनोनयन भएका छ्न्। ती मध्ये मदाने गाउँपालिका एकै परिवारका दुई भाई केन्द्रिय सदस्य भएका छ्न् ।
त्यस पालिकाका सिए. पदम भट्टराई र ई. शिव भट्टराई एउटै परिवारका केन्द्रिय सदस्य भएका हुन् । ‘हामी दुई भाईका छोरा एकै परिवारका दुई भाइ केन्द्रिय सदस्य हौँ तर हाम्रो नेवि संघमा योगदान छ, म गुल्मी काठमाडौं सम्पर्क मन्चको जिम्मेवारी समेत निभाएको व्यक्ति हुँ । यस्तै २०७१ साल देखि नेविसंघमा आबद्ध छु ।’– शिव भट्टराईले भने ।
देशभर ७१० जना केन्द्रिय सदस्य भएको प्रति कतिपयले सामाजिक संजालमा व्यङ्ग गरेका छन् । गुल्मिमा पनि एक कम एक दर्जन भनिने गरिएको छ । यस बारे नेविसंघ अध्यक्ष समेत रहेका र हालै केन्द्रिय सदस्य भएका झबिन्द्र पाण्डे भन्छ्न् ‘ हेर्दा अलि बढी संख्या देखिए पनि सामान्य भएको प्रतिकृया दिए । नेविसंघको महाधिवेशन नभएको धेरै वर्ष भै सक्यो । यसर्थ योगदान भएका साथीहरु जाममा परेका थिए , जो जसलाई खुलाउने काम भएको छ उनले भने हेर्दा अलि बढी देखिए पनि पठाउनै पर्ने साथीहरु परेका छ्न कि भन्ने लागेको छ ।
गुल्मीबाट अन्य केन्द्रिय सदस्यहरुमा सुजना गिरि, रिषी राना मगर, सन्देश भण्डारी, कमल पोखरेल , सागर ज्ञवाली , प्रेम परियार रहेका छ्न् । योगदान भन्दा पनि कतिपय चाकरीमा लागेर नेताहरुबाट टीका लगाइएको आरोप नेविसंघ कै केही विद्यार्थीहरुले लगाउने गरेका छ्न् ।
प्रतिक्रिया