काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल भइरहेको जनाइएको छ ।
करिब १०० क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाएसम्म सदन चल्न नदिने एमालेको अडान छ । सोही कारण संसद् बैठक बस्न सकेको छैन ।
आजको बैठक उपयुक्त निर्णयमा पुर्याउन सरकार गम्भीर हुने विश्वास लिएको एमालेका सचेतक महेश बर्तौँलाले बताए ।
प्रतिक्रिया