ताजा अपडेट »

३०० रुपैयाँले बढ्याे सुनको भाउ

आइतबार, २१ साउन २०८०, ११ : ५१
14 Shares
आइतबार, २१ साउन २०८०
14 Shares

काठमाडौ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।