ताजा अपडेट »

बुटवलमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

विहीबार, १८ साउन २०८०, २० : २५
40 Shares
विहीबार, १८ साउन २०८०
40 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ।
बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

अभियानअन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थानको खोजी तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ। अभियानका क्रममा वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले अभियानलाई घरघरमा पुर्याउनुपर्ने बताए । उनले घरमा पानी जम्ने र घरको छत तथा अन्य क्षेत्रमा पानी जम्ने स्थानमा पानी जम्न नदिन आग्रह गरे ।


अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयसहितको सहभागिता रहेको थियो। अभियान १९ वटै वडामा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।