ताजा अपडेट »

सेयर बजार बिहीबार सामान्य सुधार

विहीबार, १८ साउन २०८०, १७ : ०७
18 Shares
विहीबार, १८ साउन २०८०
18 Shares

काठमाडौं। सेयर बजार बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

 मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा झिनो सुधार भएको छ। समग्रमा बजार साइडवेज चलेको देखिन्छ।

यस दिन २६२ कम्पनीको ५१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ९ करोड २३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रो र आइसीएफसी फाइनान्स परेका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।