काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू हुन लागेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्दैछ ।
सो पार्टीका अनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाइ राजनीतिक प्रशिक्षण दिने कार्युसची रहेको छ ।
बिहिवार देखी सुरू हुने केन्द्रिय समिति बैठकले ‘मिसन ८४’ का लागि नेता तथा कार्यकर्ताको परिचालन, पार्टीलाई सङ्गठित तथा व्यवस्थित बनाउने बारेमा छलफल गर्नेछ ।
प्रतिक्रिया