ताजा अपडेट »

केन्द्रिय समितिको अजेन्डा तय गर्न माओवादी पदाधिकारी बैठक जारी

बुधबार, १७ साउन २०८०, ०९ : ०९
14 Shares
बुधबार, १७ साउन २०८०
14 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । आजबाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको हो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारीे छ । 

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रिय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रिय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।