ताजा अपडेट »

प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, १५ साउन २०८०, १५ : १५
20 Shares
सोमबार, १५ साउन २०८०
20 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ।

यो विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएको थियो ।तर, समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँस गरेर बैठक स्थगन गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।