ताजा अपडेट »

नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

सोमबार, १५ साउन २०८०, १२ : २२
26 Shares
सोमबार, १५ साउन २०८०
26 Shares

काठमाडौ । नेपाल इन्साेरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी भर्ने साेमबार अन्तिम दिन हो । साेमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।