बुटवल । प्रेस चौतारीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला लगाएका छ । पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको र त्यस उपर आफुहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नु परेको अध्यक्ष लक्ष्मण पौडेलले बताए । साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वम् पत्रकार महासंघ नै हुने चेतावनी दिएको छ ।
प्रतिक्रिया