ताजा अपडेट »

महोत्तरीमा बैंक लुटेको दुई महिनापछि एक जना भारतीय पक्राउ

विहीबार, ११ साउन २०८०, ०९ : ४७
49 Shares
विहीबार, ११ साउन २०८०
49 Shares

महोत्तरी । महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ ।१६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । 

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ४/५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेष्ठको दिउँसो ११ बजे करिब ५१ लाख रुपैयाँसहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो ।

पक्राउ परेका उन्लाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा  दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।