ताजा अपडेट »

बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो, ढुङ्गा झर्न नरोकिँदा जोखिम कायमै

विहीबार, ११ साउन २०८०, ०९ : ०४
34 Shares
विहीबार, ११ साउन २०८०
34 Shares

बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक एक तर्फिरुपमा खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

आज बिहान करिब पौने ८ बजेदेखि निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथि ठूलो ढुङ्गा सहितको पहिरो खसेकाले केहि समय सडक पूर्ण रुपमा अवरुद्ध भएपनि अहिले एक तर्फि खुलेको प्रहरी चौकी दोभानका सइ कमल थापाले जानकारी दिए । यद्यपि माथिबाटो ढुङ्गाहरु झर्ने क्रम भने जारी रहेकाले यात्रा जोखिमपूर्ण नै रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका ठाउँका लागि छुटेका सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका थिए भने ती स्थानहरुबाट आएका सवारी साधनहरु पनि बीचमै अलपत्र परेका थिए । पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।