ताजा अपडेट »

क्वीन्टल सुन बरामद प्रकरणमा गृहमन्त्रीकाे जवाफ माग गर्ने एमालेको निर्णय

बुधबार, १० साउन २०८०, १४ : २०
25 Shares
बुधबार, १० साउन २०८०
25 Shares

काठमाडौं । नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीकाे जवाफ माग गर्ने निर्णय गरेको हो । सँगै निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ ।

सरकारका मन्त्री र नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।