ताजा अपडेट »

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन्छ : अर्थमन्त्री डा.महत

सोमबार, ०८ साउन २०८०, ०९ : २८
44 Shares
सोमबार, ०८ साउन २०८०
44 Shares

बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन् । नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताएका हुन् ।

'हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मैदिक नितीले व्याजदर कम भए पछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ।'- उनले भने । सोमबार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्याजदर कम भएपछि लगानि बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए । साथै उनल्ले पुजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनु पर्ने बताए । गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठने बताए ।

काङ्ग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको बताए । पत्रकार सम्मेलन प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्ष र सचीव कपिल ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।