ताजा अपडेट »

बुटवलका पूर्व उपप्रमुख खनालको निधनमा अत्यावश्यक बाहेकका सेवा बन्द

आइतबार, ०७ साउन २०८०, १३ : ४८
6 Shares
आइतबार, ०७ साउन २०८०
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ।

८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको थियो। आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो। शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गरे ।

उनले खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए।
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार र त्यागी नेता गुमाएको भन्दै दुख व्यक्त गरे । निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले पूर्व उपप्रमुख खनाललाई सधै सम्झिईरहने बताए।

दम बढेपछि तिनाउ अस्पतालमा उपचाररत खनालको आईतबार बिहान साढे २ बजे निधन भएको थियो। खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए। शालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।