गुल्मी । विगतका वर्षको तुलनामा यस वर्ष गुल्मीबा धान रोपाइँ ढिला भएको छ । अहिलेसम्म जिल्ला भर ७३ दशमलव ५१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार बिगतको तुलनामा यो निकै कम हो । उनले बिगतमा यो बेलासम्म ८२ प्रतिशत रोपाइँ भइसक्ने बताए । ढिलाई हुनुमा बेलैमा पानी नपर्नु रहेको बताए । अर्को कारण खेत रोपाइँको क्षेत्रफल घटेर बाझिनु रहेको भण्डारीले बताए ।
उत्पादनको अवस्था
गत वर्ष चैते धान ३४१ हेक्टरमा रोपाइँ भएको र वर्षे धान ८ हजार ६७० हेक्टरमा रोपाइ भएको थियो । अहिले ८ हजार हेक्टर पनि पुग्न नसक्ने भण्डारीले आकलन गरे । गत वर्ष चैते धान ९ सय ९८ दशमलव ३१ मेट्रिक टन र वर्ष्रे धान २२ हजार १०८ दशमलव ५ मेट्रिक टन उत्पादन भएको थियो । भण्डारीका अनुसार प्रती ब्यक्ती बर्सेनी १३८ केजि चामल आवश्यक हुन्छ । यस हिसाबले गुल्मीमा बर्सेनी ३४ हजार ५०० मेट्रिक टन चामल आवश्यक पर्दछ ।
जस मध्ये १७ सय मेट्रिक टन गुल्मी मै उपलब्ध हुन्छ भने दोब्बर बढी १७ सय ५०० मेटि«क टन बाहिरबाट ल्याउनु पर्ने हुन्छ । तर पुरानो पुस्ता कोदो, मकै, गहुँ, जौं, फापर लगायतले अन्नबालीमा आत्मानिर्भर हुने गरेको बताउँछ्न । अहिलेको पुस्ता पौष्टिक मकैको आँटो रोटी कम खान्छ्न । गाई भैसीलाई खुवाउँछ्न । कोदोको ढिडो भने आजकल विशेष परिकारका रुपमा लिने गरिन्छ । कोदो बढी मात्रमा जाँड रक्सीमा प्रयोग भएको छ । गहुँबाली कम लगाउन थालिएको छ । सबै भन्दा बढी जौं खेती एकदम कम लगाउन थालिएको छ ।
गए गरिवका अनिकालका दिन
केही वर्ष अघिसम्म सबै भन्दा बढी जौं फल्ने थलो हो तम्घास र अर्खले आसपास । तर अहिले बिरलैले फलाउँछ्न । भट्ट र तोरि खेतिमा पनि यो बिगतमा कहलाइएको थलो हो । अहिले न्यून उत्पादन छ । पछिल्लो चरण जग्गा जमिन नहुने र ज्याला मजदुरी गर्नेहरुले पनि भात नै खान्छ्न । तर दुई दशक अघिसम्मको अनिकाल अहिले कतै परेको सुनिदैन ।
यी हुन बारी र खेत हुने पालिका
जिल्लामा सबैभन्दा बढी कोदो मकै फल्ने बारी भएको इस्मा गाउँपालिका मानिन्छ । त्यस पालिकामा चौरासी जस्ता ठूला फाट पनि छ्न । विशाल छल्दी फाँट, निस्तिफाँट, हुलाके, हस्तिचौर, गुर्बाफाँट पनि रहेका छ्न । त्यसपछि पश्चिम गुल्मीका ठूला फाँटहरुमा मदानेको सिर्सेनी सिमफाट, अग्लुङ्ग फेदिफाट, भनभनेको तल्लो भेग रहेका छ्न ।
धुर्कोटको पनाह, दिमाहघाट, छ्ल्दी आसपासका फाँटहरु पर्दछ्न । मालिकाको सिमलटारी , द्वाघासफाँट, सिलादी र फुलबारी फाँट रहेका छ्न । जिल्लाको सब भन्दा कम फाट भएको रेसुङ्गा नगरपालिका हो । जसको ठूलो फाट भनेको रैदी र तल्लाफाट मानिन्छ ।
पूर्व गुल्मीको सबै भन्दा ठूलो सत्यवतीको अस्लेवा फाँट । जहाँ एउटै गरोमा २५ मुरीसम्म धान फलाउथे बुढापाकाहरु । तिनी बाली फल्ने फाट निकै ठूलो र सुन्दर भएकोले परापुर्वकालमा भारतीय तिर्थ यात्रीहरु त्यही बाटो भएर मुक्तिनाथ दर्शन गर्न जादा बहुत असलवा भन्ने गरेको र पछि अस्लेवा भन्ने गरिएको जनजिब्रोमा छ । त्यस पालिकाको जोहाङ्ग खैरेनी, लिम्घा, साहघाट र चेहमीफाट पनि विशाल छ्न । चन्द्रकोटको मजुवा, सोता, रुपाकोट, शान्तिपुरफाँट सबै भन्दा ठूला हुन । कालिग्ण्डकीको अर्बेनी, हर्मिचौर, कनौटा र छापचौर सबै भन्दा ठूला फाँट हुन ।
सदरमुकामदेखि उत्तर र पुर्वी भेग समेत ओगटेको मुसिकोट नगरपालिका सत्यवती गाउँपालिका झै ठूला फाँट र बढी धान फलाउने पालिका पर्दछ । निस्ती र बडिगाड खोलाको जलधनी त्यस पालिका दरमखोलाले समेत छोएको हुँदा त्यस छेउको वडा ९ को किनार खेतै खेत्स्ले ढस्किएको छ । वामिटक्सार पनि खेतै खेतले हराभरा छ । इन्द्रेगौडा, तल्लाफाँट, भुवाचिदी, भर्माचौर, पदि अरेवा र निस्तिफाट रहेको छ ।
दक्षिण गुल्मीको रुरुक्षेत्र रानिवास आसपास सबैभन्दा ठूलो फाँट हो। छत्रकोट पनि खर्ज्याङ्ग खोला, पुर्व तर्फ्स बढिगाड खोलाको बिचमा भएकोले म धन खेतिमा अगाडि नै छ । खर्ज्याङ्ग्फाट , मनबाग, अगहा, बोहाफाट र उल्लिखोला फाट त्यसका ठूला फाँट हुन । गुल्मीदरवारका गरमटारी ,खर्ज्याङ्ग, घोडाहटारी र टारिफाट सब भन्दा ठुलाफाट हुन ।
प्रतिक्रिया