ताजा अपडेट »

कम्युनिष्ट पार्टी एकतामा हरेस खानु हुँदैन : माधव नेपाल

आइतबार, ०७ साउन २०८०, १२ : २२
18 Shares
आइतबार, ०७ साउन २०८०
18 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले  कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए । 

कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।