ताजा अपडेट »

विपीको स्मृतिमा कांग्रेस रुपन्देहीले वृक्षारोपण गर्ने

शुक्रबार, ०५ साउन २०८०, ११ : ००
24 Shares
शुक्रबार, ०५ साउन २०८०
24 Shares

बुटवल। नेपाली कांग्रेस रुपन्देहीले विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गर्ने भएको छ । साउन ६ गते ४२ औं विपी स्मृति दिवसको अवसर पारेर वृक्षारोपण गरिने कांग्रेस रुपन्देहीले जनाएको छ ।

महामानव विपीको स्मृतिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित भुुपुु सैनिक सखौरा हरियाली वन क्षेत्रमा बिहान ८ बजेदेखि वृक्षारोपण गरिने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागी हुन पार्टीका सम्पूणै तह र तप्काका नेता, भातृ तथा शुभेच्छुक संस्थाहरुलाइ आग्रह गरेका छन् ।

वृक्षारोपण कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरिएको छ । विपीको स्मृतिमा कांग्रेस रुपन्देहीले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मरणमा प्रत्येक वर्ष साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।