ताजा अपडेट »

बरामद सुन जोख्नका लागि टक्सार लगियो

विहीबार, ०४ साउन २०८०, १४ : ४१
26 Shares
विहीबार, ०४ साउन २०८०
26 Shares

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ। राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन। त्यसैले विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो। अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्। पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ। जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल,  मेलुङ–३ घर भई हाल काठमाडौँ साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौँ पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।