ताजा अपडेट »

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन् (फोटोफिचर)

मंगलबार, ०२ साउन २०८०, १३ : ०३
28 Shares
मंगलबार, ०२ साउन २०८०
28 Shares

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् । 

गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् । 

सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएको र हुन सक्ने सबै उपचार पद्धति अपनाइएको बताए । 

श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तक लगायतको सहभागिता थियो । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।