बुटवल । समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिष्ट पाटीसहितका चार दलले असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।
सोमबार मोर्चामा आवद्ध चार दलले लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको संरचना निर्माण गरी प्रदेश अन्तर्गतका स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रारम्भिक छलफल सम्पन्न गरेको हो ।
बैठकले समाजवादी मोर्चाको केन्द्रीय निर्णय र कार्ययोजना अनुरुप निर्धारण गरिएका कार्यक्रमहरू संचालन गर्नका लागि आ–आफ्ना दलमा निर्णयहरू यथाशिघ्र परिप्रेषण गरी कार्यक्रम संचालन गर्ने र मोर्चाको तर्फबाट लुम्बिनी प्रदेशमा हुने सन्देश सभाको बृहत तयारी गर्ने लगायतका निर्णय गरिएको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए ।
बैठकमा नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपाका अध्यक्ष अशोक कुमार यादव, नेकपा एकीकृत समाजवादीका सचिव राजु गुरुङ र नेपाल कम्युनिष्ट पार्टी, लुम्बिनी ब्यूरो इन्चार्ज बसन्त सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया