बुटवल । दुग्ध विकास संस्थानको ५५औ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपाल दुग्धमा आत्मनिर्भर हुनु पर्ने बताउँदै त्यसका लागि प्रदेश सरकारले कृषकहरुलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । साथै पछिल्लो समयमा युवाहरु धेरै बिदेश पलायन भएकोमा दुःख व्यक्त गरे । सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवसर सृजना गरी स्वेदशमा रोजगारीको सृजना गर्नु पर्ने बताए ।
मन्त्री अहिरले अहिले पशुमा फैलिएको लम्की स्कीन नियन्त्रणको गर्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए । नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसनका प्रमुख गान्धीराज उपाध्यायले किसानको उत्पादनलाई सरकारले वजारिकरणको ग्यारेन्टी गरिदिनु पर्ने बताए । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जिवनाराण बन्जाडेले किसानहरूको उत्पादनलाई प्राथमिकता राख्नु पर्ने सुझाव दिए । दुग्ध विकास संस्थान कर्मचारी सगंठन नेपाली क्षेत्रीय समिति अध्यक्ष राजन भुसाल नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघ इकाई समितिका कल्पना आचार्य, राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष कुमार केशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २५ वर्ष लामोसमयसम्म काम गरेको १६ जना कर्मचारीलाई संस्थानले दीर्घ सेवा पदकबाट सम्मान गरेको थियो । विस २०२६ साउन १ गते सुरुवात भएको सस्थानले बुटवल, भैरहवा,पाल्पा, नवलपरासीका बजार क्षेत्रमा दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया