बुटवल । पाल्पाको सिद्धबाबा मन्दिर बिकास समितिले आर्थिक कारोबारलाई पादर्शी बनाउन आज साउन १ गतेदेखि डिजिटल बिल काट्न सुरु गरेको छ । सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा गरिद गरेबापटको रकम भुक्तानीपछि मन्दिर विकास समितिका कार्यलय सहयोगी फर्सुराम गाहाले तयार पारेको डिजिटल बिल कोषाध्यक्ष कुमारी खड्काले हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिएको थियो ।
मन्दिरमा दर्शनार्थी तथा पूँजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपब्ध गराइने छ । यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पादर्शी गर्ने समितिले बताएको छ । मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचन, सचिव अरविन्द पाण्डेय, सदस्य तोया लम्साल लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।
तिनाउ–३ मा अवस्थित यस मन्दिरमा दैनिक सय बढी दर्शनार्थी आउने गर्दछन् भने विशेष चाडबाडको समयमा हजारौं भक्तालुजनले दर्शन गर्ने गरेको मन्दिर विकास समितिका सदस्य तोया लम्सालले बताए । मन्दिरका नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत दर्शनका लागि भक्तालुजन आउने गर्दछन् ।
सोमबार साउन १ गते अर्थात साउने सक्रान्ति भएका कारण पनि विहानैदेखि भक्तालुजनको भिड लागेको थियो । मन्दिर विकास समितिले विभिन्न धार्मिक स्थालहरुमा आर्थिक अनियमितताका घटनाहरु सार्वजनिक भैरहेका बेला आर्थिक कारोबारलाई पादर्शी र व्यवस्थित बनाउनेतर्फ ध्यान केन्द्रित भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया