ताजा अपडेट »

रास्वपा रुपन्देही विवादः अध्यक्ष हटाइए, कुटपिटको घटनामा मिलापत्र

सोमबार, ०१ साउन २०८०, १४ : ५८
22 Shares
सोमबार, ०१ साउन २०८०
22 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देहीमा विवाद देखिएपछि जिल्ला अध्यक्ष नै परिवर्तन गरिएको छ । ५ महिना अगाडि जिल्ला संयोजक बनाएका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।

जिल्ला संयोजक ज्ञवाली र सैन मैनाका दामोदर खत्रीबीच विवाद बढेपछि गत बुधवार राति दुई पक्षबीच कुटाकुटको अवस्थासम्म पुगेको थियो भने प्रहरी कहाँ उजुरीसमेत गरिएको थियो । अहिले भने घटनामा प्रहरी कार्यालयमा मिलापत्र गरिएको छ । यसबारे थप अनुसन्धानका लागि केन्द्रीय टिमले दुवै पक्षलाई काठमाडौँ बोलाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।