ताजा अपडेट »

दोस्रो बलमै नेपालले विकेट गुमायो

सोमबार, ०१ साउन २०८०, १४ : ३१
10 Shares
सोमबार, ०१ साउन २०८०
10 Shares

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दोस्रो बलमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट भएका छन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्दा पहिलो ओभरमा १ विकेट गुमाउँदा कुनैपनि रन जोडेको छैन । नेपालका आसिफ शेख र देव खनाल क्रिजमा छन् । नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि।सीलाई बेन्चमा राखेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।