ताजा अपडेट »

धरौटीमा छुटे लगत्तै तीनजना विप्लव कार्यकर्ता पुनः पक्राउ

बुधबार, ०८ माघ २०७६, २० : ०३
26 Shares
बुधबार, ०८ माघ २०७६
26 Shares

माघ ८,

ग्लोबल आवाज

दाङ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का ३ जना नेता कार्यकर्तालाई प्रहरीले बुधबार जिल्ला अदालतबाट रिहा भए लगत्तै पुनः पक्राउ गरेको छ । संगठित रुपमा राज्य विरुद्धको अपराध गरेको अभियोगमा थुनामा रहेका उनीहरुलाई जिल्ला अदालतबाट पुस ७ गते धरौटीमा रिहा गर्न आदेश भएकोमा आज बुधबार अदालतमा धरौटी बुझाएर रिहा भए लगत्तै उनीहरु पुनः पक्राउ परेका हुन् ।

बुधबार पुनः पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका राप्ती व्यूरो कार्यालय सचिव सविन पोख्रेल, राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष वविन केसी पाटन र राप्ती व्यूरो सदस्य प्रदीप वली रहेका छन् । अदालत परिसरबाट पक्राउ परे लगत्तै प्रहरीले राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष पाटनलाई काठमाडौ लगेको छ भने अरु २ जनालाई अन्यत्र लगेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै बेलुकी ५ पुनः पक्राउ गरेको हो । गत असोज ३० गते राजपुर गाउँपालिका वडा नम्बर ४ मुंग्रेठाबाट एकै पटक २१ जना पक्राउ परेका उनीहरुलाई पुसको ७ गते जिल्ला अदालतले १५। १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

यसअघि पनि सोही अभियोगमा पक्राउ परेकाहरु धरौटी छुटे पनि अदालत परिसरबाट पक्राउ परेका छन् । गएको असोजको ३० गते नेत्रविक्रम चन्द्र ‘विप्लव’का मध्यकमाड इन्चार्ज चन्द्रबहादुर चन्द्र ‘वीरजंग’ सहित २१ जना एकै पटक पक्राउ परेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।