ताजा अपडेट »

सहकारीपीडितको समस्या समाधान गर्न विश्वप्रकाश शर्माको माग

आइतबार, ३१ असार २०८०, १६ : २७
22 Shares
आइतबार, ३१ असार २०८०
22 Shares

काठमाडौं । कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले छलफल गरेर पीडितको समस्या समाधान गर्न माग गरेका हुन् । उनले आन्दोलनमा रहेका सहकारीपीडितहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन माग गर्दै उनले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।