ताजा अपडेट »

भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त

आइतबार, ३१ असार २०८०, १४ : ३०
14 Shares
आइतबार, ३१ असार २०८०
14 Shares

काठमाडौं । नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ । आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई  कप्तानबाट बर्खास्त गरेको हो । 

गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो । 

घटनापछि महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो । 

समितिमा श्रेष्ठसहित सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।