ताजा अपडेट »

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता

शुक्रबार, २९ असार २०८०, १७ : ०७
6 Shares
शुक्रबार, २९ असार २०८०
6 Shares

काठमाडौं। दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

शुक्रबार दिउँसो काठमाडौं अवरतण गरेका उनले अपरान्ह देउवालाई भेटेका हुन् । भेटका क्रममा  नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् । 

भेटघाटको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा देउवाले भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।