ताजा अपडेट »

ललिता निवास जग्गा प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ : अमरेशकुमार सिंह

शुक्रबार, २९ असार २०८०, १५ : ००
18 Shares
शुक्रबार, २९ असार २०८०
18 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन भन्दै प्रश्न गरे । 

मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले तर, निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे । 

सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही गर्न माग गर्दै उनले रुलिङ दिएमा आफूले उक्त प्रतिवेदन सांसदहरुलाई बाँड्न तयार रहेको बताए । 

ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च व्यक्तिलाई जोगाउन खोजिएको भन्दै उनले प्रश्न गरे, ‘सानालाई ऐन, ठूलालाई चैन ?’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।