ताजा अपडेट »

'मलमास' परेपनि बोलबम यात्रा नरोकिने, भाद्र १४ गतेसम्म जलार्पण कार्यक्रम

विहीबार, २८ असार २०८०, १८ : १३
74 Shares
विहीबार, २८ असार २०८०
74 Shares

बुटवल । पश्चिम नेपालको पशुपतीको रुपमा पहिचान बनाएको रुपन्देही सैनामैना नगरपालिका १ मा रहेको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा विषेश अनुष्ठान कार्यक्रम हुने भएको छ। धामका अध्यक्ष रामबली चौधरीले १९ वर्षपछि अधिकमास (मलमास) साउन महिनामा परेको भएपनि असार १८ देखि भाद्र १४ गते सम्म कार्यक्रम राखिएको जानकारी दिए।

यात्रा ब्यवस्थापन समिति ब्यवथित गरेको बताउदै उनले विभिन्न तिर्थस्थलमा पुर्याउने र ल्याउने ब्यवस्थापन गरिएको बताए। धाममा आउने भक्तजन आउँदा प्रयोग गरेका सवारी साधनको पार्किङको ब्यवस्थापन समेत गर्दै आएको बताए। कार्यक्रम सफल बनाउन विभिन्न समिती÷उपसमितिहरु गठन गरिएको धामका महासचिव प्रेमलाल भुसालले जानकारी दिए।
यात्रा ब्यवस्थापन समितीका संयोजक शालिकराम भन्डारीले बोलबमको यात्रा २०३९ सालदेखि शुरु भएको भएपनि २०५३ बाट बृहत रुपमा अगाडि बढ्दै आएको बताए। उनले २०८० मा असार १८ देखि भाद्र १४ गतेसम्म यात्रा तय गरेको जानकारी दिए। गुरु पुर्णिामाबाट २५० तिर्थयात्रीले धामबाट यात्रा शुरु गरेको बताए बताउँदै यो अवधिमा दैनिक हजारौको संख्यामा पैदल यात्री बोलबम आउने बताए।

उनले असार १८ गते लक्ष्मण घाट, असार ३० गते कालिरह, साउन ११ देखि १४ गते नवलपरासीको त्रीवेणी धाम, साउन २६ रुरु क्षेत्र, २७ गते गण्डकीको जल बोलबम, भाद्र ८ गतेदेखि ९ गतेसम्म तनहुको देबघाटबाट ल्याएर ५०० तिर्थालुलाइ जलार्पण गराउने योजना रहेको बताए। ५०१ सदस्यीय मुल जलार्पण कार्यक्रम समिती निर्माण गरेको बताउँदै समिती उपसमिती बनेको बताए।

बोलबमका पण्डित विष्णु प्रसाद ज्ञवालीले मलमास भएपनि बोलबममा जलार्पण हुने बताए। उनले अन्य विभिन्न कामहरुमा रोक लगाएको बताउँदै परम्परागत ब्रत, जप, पूजा, यात्रालाई निरन्तर राख्न मिल्ने भएकोले बोलबममा यात्रा र जलार्पण हुने बताए। शास्त्रीय बचनलाई आधार मानेर कार्यक्रम गर्न लागिएको बताए। उनले घरमा रुद्राभिषेक गर्न नमिल्ने भएकोले अझै पवित्र कार्य हुने भएकोले निसङ्कोच आउन आग्रह गरे।

राष्ट्रिय पञ्चाङ निर्णायक समितीले जारी गरेको मापदण्ड अनुसार हरिहर कथा, रुद्राभिशेक, जलार्पण कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।