ताजा अपडेट »

बुटवलको कान्ति माविमा छात्रवृत्ति छनौट परीक्षा, १२५७ विद्यार्थी सहभागी

विहीबार, २८ असार २०८०, १२ : १८
28 Shares
विहीबार, २८ असार २०८०
28 Shares

बुटवल । शैक्षिकसत्र २०८०/८१ को लागि कक्षा ११ भर्ना हुने विद्यार्थीलाई बुटवलका कान्ति माध्यमिक विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको छ । नयाँ विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परिक्षामा विज्ञान तथा व्यवस्थापन समुहमा १२५७ जना विद्यार्थी सहभागी भएका छन् ।

कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरुको सख्या अत्यधिक भएकोले बाध्यताले छनौट परीक्षा सञ्चालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । छात्रवृत्ति छनौट परिक्षाको नतिजा आज विहिबार प्रकाशन गरिने छ । विद्यालयले असार २९ गतेदेखि भर्ना खुला गर्ने कक्षा ११ र १२ का ईन्चार्ज शिक्षक मोहन भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।