ताजा अपडेट »

सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

बुधबार, २७ असार २०८०, १२ : ००
16 Shares
बुधबार, २७ असार २०८०
16 Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् । दाहालको निधन खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । 

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।