काठमाडौ । जानकी फाइनान्सले साउन १३ गते २६ औं सभा डाकेको छ । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरणसम्बन्धी एजेन्डा छैन । कम्पनीले गत वर्ष १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९% लाभांश वितरण गरेको थियो ।
सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस हुँदैछ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया